एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

शुक्रबार, ०५ पुस २०८१, ११ : ३२

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०\८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो । 

 

 

 

शुक्रबार, ०५ पुस २०८१, ११ : ३२

प्रतिक्रिया