गरिमा विकास बैंकले घोषणा गर्‍यो लाभांश

शुक्रबार, ०५ पुस २०८१, १३ : २०

काठमाडौं - गरिमा विकास बैंक लिमिटेडको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो। अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयर धनीहरुलाई वितरण गरिनेछ।

शुक्रबार, ०५ पुस २०८१, १३ : २०

प्रतिक्रिया