पाँच महिनामा २० अर्ब ६६ करोडको विदेशी लगानी प्रतिबद्धता

शुक्रबार, ०५ पुस २०८१, १७ : ५९

काठमाडौं - चालु आर्थिक वर्ष २०८१\८२ को  मंसिरसम्म २० अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । 

उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म अटोमेटिक रुटबाट २ अर्ब १३ करोड रुपैयाँ लगानीका लागि प्रतिबद्धता आएको छ । अप्रुभल रुटबाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।  गत आवको मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । 

मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १३८ र अप्रुभल रुटबाट १८१ उद्योग दर्ता भएको विभागले जनाएको छ ।  दर्ता भएकामध्ये ३१२ साना उद्योग हुन् । ४ मझौला र ३ वटा मात्र ठुला उद्योग हुन् । 

 

शुक्रबार, ०५ पुस २०८१, १७ : ५९

प्रतिक्रिया