काठमाडौं- अप्रिलिया र भेस्पा स्कुटरमा विन्टर फ्री सर्भिस क्याम्प आयोजना सुरू भएको छ ।
अप्रिलिया तथा भेस्पा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले आज (पुस ७ गते) देखि विन्टर फ्री सर्भिस क्याम्प सुरू गरेको हो ।
पुस १२ गतेसम्म सञ्चालन हुने यस सर्भिस क्याम्पमा ग्राहकले सर्भिसमा पूरा लेबर चार्ज निःशुल्क, मेजर रिपियरमा ५० प्रतिशत छुटका साथै अन्य सुविधा पनि पाउने छन् । स्कुटर सर्भिसमा आएका ग्राहकले अन्य सुविधा अन्तर्गत स्पेयर पार्ट र इन्जिन आयलमा १० प्रतिशत छुट, सबै एशोसरिजमा १५ प्रतिशत छुट र लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले बम्पर उपहारसमेत जित्ने मौका पाउने छन् ।
अप्रिलिया तथा भेस्पाको आधिकारिक सर्भिस सेन्टरमा संचालनमा आएको यस क्याम्पमा एनुअल मेन्टिनेन्स कन्ट्रयाक ९एएमसी० सुविधा पनि उपलब्ध रहेको छ । यसका अलावा दुवै ब्राण्डको स्कुटरमा ‘हट डिल्स’ विन्टर एक्सचेन्ज तथा फाइनान्स अफर आयोजनासमेत संचालनमा रहेको छ ।
कम्पनीले यस अफरमा नगद रकममा स्कुटर एक्स्चेन्ज वा खरिद गर्ने प्रत्येक ग्राहकलाई ७ हजार ५०० रुपैयाँ नगद छुट् दिनुका साथै एउटा ब्राण्डड स्टाइलिस हुडी, स्कुटर कभर, हेल्मेट र किरिङसमेत प्रदान गर्ने छ ।
इएमआइमा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सहज फाइनान्स सुविधाको पनि व्यवस्था गराउने बताएको छ । यो अफर भने पुस १ गतेदेखि माघ १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया