माछापुच्छ्रे बैंकले बोलायो २६ औँ वार्षिक साधारण सभा

आइतबार, ०७ पुस २०८१, १७ : ५७

काठमाडौं - माछापुच्छ्रे बैंकले २६ औँ वार्षिक साधारण सभा यही पुस २८ गते आयोजना गर्ने भएको छ । 

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा यही पुस २८ गते पोखराको पर्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु गर्ने भएको हो । सभाले बैंकको शेयर संरचना अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी व्यवस्था थप गर्ने तथा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

यसका आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुनेछन्।

विशेष प्रस्तावमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा संशोधन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

साबिक सञ्चालकहरुको बाँकी कार्यकालसम्मका लागि गरेको नियुक्ति अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति जानकारी सभामा दिइनेछ। सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। 

सभाले बैंकका सहायक कम्पनीहरू माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण पनि पारित गर्नेछ । 

आइतबार, ०७ पुस २०८१, १७ : ५७

प्रतिक्रिया