काठमाडौं - यस क्रिसमसको सिजनमा, नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइज को अनुभव प्रदान गर्दै छ ।
डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका केही भाटभटेनीहरुमा ग्राहकहरूले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी , नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।
'अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी' डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यका भित्र भक्तपुर, कोटेश्वोर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ। डिसेम्बर २५ मा, काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख सहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउनेछन् ।
यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् । यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स् हरु आफैँ अनुभव गर्न सक्नेछन् । नामीसँग टेस्ट ड्राइभ र सर्प्राइजको यस रमाइलो उत्सवमा सहभागी बनौँ ।
प्रतिक्रिया