सोकोन ईभी भ्यानको प्रयोग र लोकप्रियता बढ्दो

शुक्रबार, १२ पुस २०८१, ११ : ०५

काठमाडौं- सोकोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सको अभिभावक कम्पनी एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णु कुमार अग्रवालले छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईभी भ्यान गुडिरहेको बताए ।

भक्तपुरको गठ्ठाघरमा सोकोनको शोरुम उद्घाटनको अवसरमा अग्रवालले सो तथ्य प्रस्तुत गरेका हुन् । सोकोन ब्रान्डको डिलरसिप लिएको करिव ६ महिना मात्र भएको र हाल १५० युनिट भन्दा बढी ग्राहक भएको उनले जानकारी दिए । सबै ग्राहक एकदमै सन्तुष्ट भएको उनले दावी गरे ।

विगत पाँच महिनाको अवधिमा करिव १ हजार ५ सय ईभी भ्यान अर्थात माइक्रोबस बिक्री भएको र ती मध्ये ११ सिटर ईभी भ्यान ५ सय युनिट जति भएको उनको भनाइ छ । मूल्य, किस्तामा सहज र ट्रबल फ्रि नेचरका कारण यो सेगमेन्टका भ्यानको लोकप्रियता बढिरहेको र यसमा सोकोन ब्रान्डले महत्वपूर्ण स्थान ओगटेको अग्रवालले बताए ।

सर्भिस र स्पेयर पार्ट्समा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले चाँडै नै ललितपुरमा समेत अर्को सर्भिस सेन्टर स्थापना हुने जानकारी दिए ।

शुक्रबार, १२ पुस २०८१, ११ : ०५

प्रतिक्रिया