साइमेक्स इंकद्वारा पोखरा बीवाईडीको नयाँ एमपीभी बीवाईडी एम६ लन्च

शुक्रबार, १२ पुस २०८१, ११ : ३८

काठमाडौं - नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट भव्यतापूर्वक बीवाईडीको नयाँ एमपीभी बीवाईडी एम६ लन्च गरेको छ । 

काठमाडौंबाट पोखरा सम्म भव्यतापूर्वक एम६ -याली गरेर सो गाडी लन्च गरिएको हो । सो अवसरमा एकै पटक १०० गाडी समेत ग्राहकलाई डेलिभरी गरिएको छ । यसको मूल्य समेत घोषणा गरिएको छ । बीवाईडी एम६ को प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले पर्यटकीय नगरी पोखराबाट बीवाईडीको एमपीभी एम६ लन्च गर्न पाउँदा खुसी लागेको बताइन् । ९ वर्ष पहिले ई६ को बिक्री–वितरण गरेकोमा अल न्यु ई६ हुँदै अहिले एम६ लन्च गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले सस्टेनेबिलिटी र इको–फ्रेन्ड्ली फिचरका कारण यो गाडी सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

साइमेक्स इंकले केही समय पहिले यो गाडीको बुकिङ खुला गरेको औपचारिक घोषणा गरेको थियो । यसको मूल्य ६० लाख १५ हजार तोकिए पनि सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ छुट उपलब्ध हुने बताइएको थियो । पोखरामा बलुन महोत्सव समेत प्रारम्भ भएको छ । सोही अवसरमा बीवाईडी एम६ लन्च गरिएको हो । बलुन महोत्सवको मुख्य प्रायोजक पनि बीवाईडी रहेको छ ।

बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ । बीवाईडी एम६ मा अतुलनीय कम्फर्ट र स्पेस रहेको छ । यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ ।

पावरफुल परफर्मेन्स यसको अर्को विशेषता हो । यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर ९डब्लुएलटीसी० सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ ।

यसममा फास्ट चार्जिङ विकल्प पनि छ । बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यस कारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ ।

एड्भान्स्ड सेफ्टी अर्को विशेषता हो । एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ ।

गाडी टेक–फरवार्ड डिजाइन सहित उपलब्ध छ । यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ ।

शुक्रबार, १२ पुस २०८१, ११ : ३८

प्रतिक्रिया