सानिमा रिलायन्स लाइफद्वारा पाटन रिजनका उत्कृष्ट अभिकर्ता सम्मानित

आइतबार, १४ पुस २०८१, १२ : २४

काठमाडौं - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पाटन रिजन अन्तर्गतका अभिकर्ताको सम्मेलन वोगनभिल्ला ईभेन्ट्स, त्रिपुरेश्वरमा सम्पन्न भएको छ। 
कार्यक्रममा यस रिजनका १६ वटा शाखाहरूबाट २०० जना भन्दा बढी एजेन्सीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले अभिकर्ताहरूलाई हौसला प्रदान गर्नुका साथै उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान पत्र समेत वितरण गरेका थिए ।

कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कॅंडेल, चिफ बिजनेस अफिसर सुर्य प्रकाश गुप्ता र क्षेत्रिय प्रबन्धक रामेश्वर श्रेष्ठको उपस्थितिमा विभिन्न विधा अन्तर्गत उत्कृष्ट अभिकर्ताहरुलाइ सम्मान समेत गरिएको थियो। क्षेत्रिय प्रबन्धक रामेश्वर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

 

 

आइतबार, १४ पुस २०८१, १२ : २४

प्रतिक्रिया