काठमाडौं- नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड जुनयाओ भित्रिने भएको छ । हाल नेपाली बजारमा ब्रम्बी ईभी बिक्री–वितरण गरिरहेको एलआरआर मोटर्सले जुनयाओ अटोको जेवाई एयर सी५ लाइट र जेवाई एयर सी५ अल्ट्रा उपलब्ध गराउने जनाएको छ । एलआरआर मोटर्स प्रालि जुनयाओको नेपालका लागि आधिकारिक बिक्रेता बनेको छ ।
जुनयाओ अटोले हालै जेवाई सिरिजका दुई इलेक्ट्रिक क्रसओभर जेवाई एयर सी५ लाइट र जेवाई एयर सी५ अल्ट्रा चिनियाँ बजारमा उपलब्ध गराएको छ । यस मध्ये एलआरआर मोटर्सले जेवाई एयर सी५ अल्ट्रा नेपाली बजारमा भित्र्याउने बताएको छ । केही दिनभित्रै सो गाडी नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।
रियर ह्विल ड्राइभ र २५० एनएम टर्क भएको यो सिरिजको गाडीले थ्रिल र स्मुद राइडको अनुभूति दिन्छ ।
यस मध्ये जेवाई एयर सी५ लाइटमा ५१ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ३५५ किलोमिटरको रेन्ज दिन्छ । जेवाई एयर सी५ अल्ट्रामा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ४३० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ । यसलाई डीसी चार्जिङबाट २१ देखि ३० मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
प्रतिक्रिया