काठमाडौं - नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को कात्तिकसम्मको तथ्यांकबाट ६ खर्ब ७ अर्ब ८७ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको देखिएको छ ।
चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकअनुसार सञ्चित रकम ६४ अर्ब ५ करोड ३३ लाख रुपैयाँले बढेको हो । गत असारको अन्त्यसम्ममा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।
यस्तै वित्तीय क्षेत्रभन्दा बाहिर सवा ७ खर्ब बढी रकम चलनचल्तीमा रहेको पनि बैंकले जनाएको छ । चलनचल्तीमा रहेको मुद्रा ९करेन्सी इन सर्कुलेसन० ७ खर्ब ३० अर्ब २८ करोड रहेको बैंकको तथ्यांकले देखाएको छ ।
बैंकका अनुसार पछिल्लो ५ महिनामा यस्तो चलनचल्तीमा रहेको रकम ५० अर्ब २३ करोड २९ लाख रुपैयाँले बढेकोे छ । गत असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेको थियो । गत कात्तिकको तुलनामा भने चलनचल्तीमा रहेको रकम १५ अर्बले घटेको छ । कात्तिकसम्म चलनचल्तीमा रहेको रकम ७ खर्ब ४५ अर्ब ९१ करोड थियो ।
प्रतिक्रिया