काठमाडौं - नेपाल राष्ट्र बैंक समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि चार जनाको नाम स्वीकृत गरेको छ।
राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनमा दरखास्त दिएका मध्येबाट उनीहरूलाई सर्टलिस्ट गरिएको हो । यसरी सर्टलिस्टमा पर्नेहरुमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् ।
सर्टलिस्टमा परेका उनीहरुको अन्तरवार्ताका तथा प्रस्तुतीकरणका लागि पुस २१ देखि २४ गतेसम्मको मिति समेत तोकिएको छ । यसअघि राष्ट्र बैंकले गत मंसिर १२ गते उक्त पदपूर्तिको लागि विज्ञापन खुलाएको थियो ।
प्रतिक्रिया