कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु

विहीबार, १८ पुस २०८१, १४ : ४२

काठमाडौं - नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकले धमाधम बचतकर्ताको रकम फिर्ता गरिरहेको छ ।

आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले यही पुस १० गते समस्याग्रस्त घोषणा गरेको कर्णाली बैंकले बचतकर्ताको रकम फिर्ता गरिरहेको छ ।

बैंकले सूचना जारी गर्दै बचनकर्ताहरूलाई आज ९पुस १८० गते बैंकको केन्द्रीय कार्यालय नेपालगन्ज, बाँके, तुलसीपुर शाखा, लमही शाखा, बाँसगढी शाखाका साथ बाँके, बर्दिया लगायतका जिल्लाका शाखाहरूबाट निक्षेप फिर्ता गर्ने भएको हो ।

बैंकले हाल रहेको तरलतालाई मध्यनजर गर्दै बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखेर अधिकतम २५ हजारसम्म ५० जनालाई निक्षेप फिर्ता गर्ने जनाएको छ ।

विहीबार, १८ पुस २०८१, १४ : ४२

प्रतिक्रिया