रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

शुक्रबार, १९ पुस २०८१, ११ : ४१

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा छुट हुने भएको छ । दुईपक्षीय सहमतिअनुसार ३० प्रतिशत छुट दिइने भएको हो ।

सहमतिपत्रमा रिलायबल नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार, १९ पुस २०८१, ११ : ४१

प्रतिक्रिया