काठमाडौं - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम, रुपन्देहीमा सम्पन्न भएको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
प्रतिक्रिया