काठमाडौं- बजाजले बिक्री गर्दै आएको तीन मोडलका मोटरसाइकलको उत्पादन बन्द गरेको छ ।
कम्पनीले बजाज पल्सर एफ २५०, सीटी १२५ एक्स र प्लाटीना ११० एबीएसको उत्पादन बन्द गरेको हो ।
निरन्तर बिक्रीमा गिरावट आएसँगै बजाजले यी वटै मोडलको उत्पादन बन्द गरेको हो । नेपाली बजारमा भने यी तीन वटै मोडल उपलब्ध नै भएनन् ।
बजाजले ११० सीसी सेग्मेन्टमा एबीएस सहित ल्याएको प्लाटीना ११० र अफरोड स्पोर्टी डिजाइनमा ल्याएको सीटी १२५ एक्स अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न नसकेको कारण बन्द भएको हो । यी मोटरसाइकल मूल्य भारतमा ७१ हजार रुपैयाँदेखि ७४ हजार ५०० रुपैयाँसम्म रहेको थियो ।
कम्पनीले पल्सर २२० एफको विकल्पमा ल्याएको पल्सर एफ २५० को उत्पादन बन्द गरेको हो । एफ २५० आएसँगै बजाज अटोले २२० एफको उत्पादन केही समय रोकेर पुनः उत्पादन सुरु गरेको थियो । अहिले बजाजले पल्सर एफ २५० को उत्पादन बन्द गरेको हो ।
कम्पनीले अघिल्लो वर्ष मात्र पल्सर एफ २५० को अपडेटेड भर्सन सार्वजनिक गरेको थियो । बजाज पल्सर एफ २५० को मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ एक्स शोरुम तोकिएको थियो ।
प्रतिक्रिया