काठमाडौं - कुमारी बैंकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम केसीको उपस्थितिमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं.४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एक दिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उद्देश्य लिएको वडा नं. ४ का अध्यक्ष श्रीराम केसीले बताए ।
वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया