नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय भरतपुरमा सर्ने

सोमबार, २२ पुस २०८१, १७ : ५८

काठमाडौं - काठमाडौं  नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा सर्ने भएको छ ।

बैंकको साधारण सभाले निर्णय गरेसँगै बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो । बैंकको केन्द्रीय कार्यालय हाल रत्ननगर नगरपालिकाको वडा नं. १ टाँडीमा रहेको छ ।

बैंकको कारोबारलाई अझ बढाउने अभिप्रायले केन्द्रीय कार्यालय सार्ने बैंकले जनाएको छ । साथै, बैंकको हाकिमचोकमा रहेको शाखामा कार्यालयले पनि स्थानान्तरण भएर सोही भवनबाट बैंकिङ सेवा दिने भएको छ । कार्यालय सार्नका लागी बैंकले भौतिक पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुर्‍याएको  छ ।

०५८ असोज १२ गते देखि सो बैंकले रत्ननगर नगरपालिका १, बकुलहर, टाँडी, चितवनमा केन्द्रीय कार्यालय र टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालयहरू खोली बैंकिङ सेवा प्रदान गर्दै आएको थियो ।

सोमबार, २२ पुस २०८१, १७ : ५८

प्रतिक्रिया