बेनेलीको २०२५ सुरुवात सँगै २यक्स अफर सार्वजनिक

सोमबार, २२ पुस २०८१, १८ : ४४

काठमाडौं - बेनेलीले नयाँ वर्ष २०२५ लाई शानदार बनाउँदै ग्राहकहरूको लागि विशेष अफर '२ यक्स डिस्काउन्ट अफर' सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले बाइक खरिद गर्दा डबल फाइदा पाउने छन् । प्रत्येक बाइकमा २०२५ अफर अनुसार रु। ५०,००० सम्मको छूट, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण इन्स्योरेन्स नि:शुल्क प्रदान गरिनेछ। साथै, पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप रु. ३०,००० को मूल्याङ्कन गरिनेछ। 

यसबाहेक, ग्राहकहरूले नेपाली कुनै पनि गन्तव्यमा यात्रा गर्न मिल्ने यति एयरलाइन्सको दुईतर्फी टिकट पनि प्राप्त गर्न सक्नेछन् । बेनेलीले बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै स्पेयर पार्ट्सको सहज उपलब्धता र सर्भिस क्वालिटीलाई सुधार गर्ने लक्ष्य राखेको छ। 

यो अफर सीमित समयका लागि मात्रै भएकोले, ग्राहकहरूले छिट्टै निर्णय गरेर नयाँ वर्षलाई भव्य बनाउन बेनेलीसँगको यो अवसरलाई अपनाउनुपर्नेछ।

सोमबार, २२ पुस २०८१, १८ : ४४

प्रतिक्रिया