काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अवसरमा आफ्नो ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ ANNIVERSARY BONANZA योजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ ।
पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङ्गमा भएको अयललभअत क्ष्एक् मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरू मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने छ । यसैगरी रु १००\– वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १००\–को टपअप प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि २०८१ माघ १९ गते सम्मका लागि रहने छ ।
दोश्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५\– सम्म प्राप्त गर्न सक्नेछन ।
यो योजना २०८१ पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ । तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोवार संख्या ३ र रकम रु २००\– सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत Smart Watch प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २००\– सम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरु मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत क्mबचत ध्बतअज प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।
यसका साथै मोबाइल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १०००÷– क्यास व्याक प्रदान गरिने छ । साथै क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरू मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५००÷– का दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया