नेपालमा सर्भिस सेन्टर संचालनमा अग्रणी इलेक्ट्रिक स्कुटर ब्राण्डः लुयुआन

मंगलबार, २३ पुस २०८१, १२ : ५४

काठमाडौं - नेपालमा इलेक्ट्रिक स्कुटरहरूको माग दिनप्रतिदिन बढिरहेको छ । यस प्रतिस्पर्धात्मक बजारमा Luyuan Nepal ले आफूलाई सर्भिस सेन्टर सुविधाको क्षेत्रमा सबैभन्दा अग्रस्थानमा राख्न सफल भएको छ । 

बिक्री मात्र होइन, बिक्रीपछिको उत्कृष्ट सेवामा केन्द्रित रहेर Luyuan Nepal ले आफ्ना ग्राहकहरूलाई दीर्घकालीन सुविधा प्रदान गर्दै आएको छ । काठमाडौं उपत्यकामा मात्र १४ सर्भिस सेन्टर हालसम्म Luyuan Nepal ले काठमाडौं उपत्यकामा मात्र १४ स्थानमा सर्भिस सेन्टर संचालन गरेको छ । यी सर्भिस सेन्टरहरूले ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन् । 

उपत्यकाका विभिन्न क्षेत्रहरू, जस्तै बाफल, वनस्थली, सामाखुसी, टोखारोड, महाराजगञ्ज, कालोपुल, अनामनगर, जडिबुटी, सल्लाघारी, सुर्यविनायक, दुधपाटी, सातदोबाटो, ग्वार्को, रामकोट लगायतका स्थानहरूमा यी सर्भिस सेन्टरहरू सजिलै उपलब्ध छन् ।Luyuan Nepal का प्रबन्ध निर्देशक दुर्वास नगरकोटीका अनुसार, “हामी ग्राहकहरूको पहुँच सजिलो बनाउन सर्भिस सेन्टरहरूको विस्तार गर्दै आएका छौँ । यो क्रम अझै जारी रहनेछ । हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सहज, छिटो, र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो ।”

अन्य कम्पनीहरूले यस्तो सुविधा किन दिँदैनन् ?

Luyuan Nepal ले सर्भिस सेन्टरहरूको सञ्जालमा दिएको प्राथमिकताले यस क्षेत्रमा अन्य इलेक्ट्रिक स्कुटर कम्पनीहरूलाई पछि पारेको छ । नेपालमा विद्युतीय सवारीसाधन बेच्ने धेरै कम्पनीहरू बिक्रीपछिको सेवामा पर्याप्त ध्यान दिन सकेका छैनन् । धेरैजसो कम्पनीहरूले सीमित क्षेत्रमै सर्भिस सेन्टरहरू सञ्चालन गरेका छन्, जसले गर्दा ग्राहकले सानातिना मर्मतका लागि समेत झन्झट बेहोर्नु परेको छ ।

धेरै ब्रान्डहरूले आफ्नो ध्यान बिक्रीमा मात्र केन्द्रित गरेको देखिन्छ, जबकि बिक्रीपछिको सेवाको महत्वलाई उपेक्षा गरिएको पाइन्छ । यसले ग्राहकहरूको दीर्घकालीन सन्तुष्टिमा नकारात्मक प्रभाव पारेको हुन्छ । ग्राहक सन्तुष्टिमाLuyuan Nepal को दृष्टिकोणLuyuan Nepal ले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिएर ग्राहकहरूको विश्वास जित्दै आएको देखिन्छ । काठमाडौं उपत्यकामा १४ सर्भिस सेन्टरका साथै, अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरूको संख्या बढाउँदै जाने योजना रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले बताए ।

दक्ष र तालिमप्राप्त प्राविधिकहरूसहितको सर्भिस सेन्टरहरूले ग्राहकहरूको स्कुटर मर्मत, ब्याट्री परीक्षण, र अन्य समस्या समाधान गर्न सहजता र्पुयाइ रहेका छन् ।

Luyuan Nepal भविष्यको योजनाहरू

Luyuan Nepal ले अर्को वर्षसम्म नेपालमा नै एसेम्बल गर्ने गरी सारथी इकुटर ब्राण्डको इलेक्ट्रिक स्कुटर लन्च गर्ने योजना बनाएको बताएको छ । हाल इकुटरको ई३ मोडेलको स्कुटर पनिLuyuan Nepal ले नै नेपाली बजारमा उतारेको हो । त्यसका लागि पनिLuyuan Nepal ले निकट भविष्यमा देशका अन्य सहर तथा क्षेत्रहरूमा समेत सर्भिस सेन्टरहरूको पहुँच विस्तार गर्ने योजना बनाएको बताएको छ । 

कम्पनीको दीर्घकालीन रणनीतिले ग्राहकहरूको विश्वास जित्नुका साथै, नेपालमा विद्युतीय सवारीसाधनहरूको लोकप्रियता बढाउन ठुलो योगदान पुर्‍याइरहेको छ । यदि गुणस्तरीय सर्भिस र बिक्रीपछिको उत्कृष्ट अनुभव चाहनुहुन्छ भने,Luyuan Nepal तपाईंको भरोसाको नाम बन्नेछ ।

मंगलबार, २३ पुस २०८१, १२ : ५४

प्रतिक्रिया