काठमाडौं - टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले इटहरी शाखाबाट टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ ।
आज आयोजित एक कार्यक्रममा कोशी विक्रम यातायात प्रा.लि.का अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित थिए । साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा थिए ।
कार्यक्रममा बोल्दै सिप्रदीका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले भने, ‘टाटा म्याजिक बीएस६ ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ।
यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ।’
कम्पनीका अनुसार टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर, र उच्च माइलेज सहितका सुविधाहरू छन् ।
प्रतिक्रिया