नेपाल एसबीआई बैंकले गर्‍यो ताल बाराही मन्दिर पुनर्निर्माणका लागि सहयोग

मंगलबार, २३ पुस २०८१, १६ : १४

काठमाडौं - नेपाल एसबीआई बैंकले पोखरास्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुंगाका लागि खर्च गरिने छ।कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शर्मा पहरीलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति थियो।

बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय समयमा यस्ता गतिविधि गर्दै आइरहेको छ। हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

मंगलबार, २३ पुस २०८१, १६ : १४

प्रतिक्रिया