काठमाडौं - आर्क्स ग्रुप प्रा.लि.ले भेन्चर ट्राभल्स प्रा.लि. लाई हाइगर बसको नयाँ मोडल हस्तान्तरण गरेको छ ।
मंगलवार काठमाडौँमा एक कार्यक्रमबिच ग्रुपले हाइगर बस हस्तान्तरण गरेको हो । हस्तान्तरण समारोहमा विभिन्न ट्राभल कम्पनी, व्यापारिक क्षेत्र र बैंकिङ उद्योगका प्रतिष्ठित अतिथिहरूले सहभागिता रहेको थियो । चीनको प्रसिद्ध बस निर्माता हाइगर बस कम्पनी लिमिटेडले विश्वका २ सय भन्दा बढी देशहरूमा आफ्नो बसहरू निर्यात गर्दै आएको छ ।
साथै, गत १६ वर्षदेखि नेपाली बजारको पर्यटकीय क्षेत्रमा प्रमुख ब्राण्डको रूपमा स्थापित भएको ग्रुपले जनाएको छ । नेपालको लागि हाइगर बसको आधिकारिक वितरक आर्क्स ग्रुपले नेपाली बजारमा १०० भन्दा बढी बसहरूको सफल बिक्री गरिसकेको जनाएको छ ।
प्रतिक्रिया