काठमाडौं - मलेसियाको प्रसिद्ध अटोमोबाइल ब्रान्ड प्रोटोन (Proton) ले आफ्नो प्रतीक्षित इमास७ (E=Mas) सवारी साधन नेपालमा यसै त्रैमासिकमा भित्र्याउने घोषणा गरेको छ।
प्रोटोनको इमास ७ सवारी साधनले पहिलो पटक १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली र अत्याधुनिक (AGEIS) सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरेको छ, जसले नेपाली अटोमोबाइल बजारमा नयाँ युग सुरु गर्ने वाचा गरेको छ। प्रोटोनले यो अत्याधुनिक ब्याट्री प्रणाली प्रयोग गरी आफ्नो सवारी साधनलाई छिटो एक्सेलेरेशन, लामो दायरा, र उर्जाको उच्च दक्षता प्रदान गर्ने सुनिश्चित गरेको छ।
१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीः उच्च कार्यसम्पादन र दक्षता
प्रोटोनको इमास ७ मा प्रयोग भएको १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीले इन्जिन, इनभर्टर, ट्रान्समिसन, डिफरेन्सियल, र पुनर्जनरेटिभ ब्रेकिङ जस्ता धेरै ड्राइभट्रेन कम्पोनेन्टहरूलाई एउटै युनिटमा एकीकृत गर्छ। यसले सवारी साधनको तौल र ठाउँको आवश्यकतालाई घटाउँदै दक्षता, ह्यान्डलिङ, र दायरामा सुधार ल्याउँछ। साथै, कम पाट्र्स भएका कारण यो प्रणालीले विश्वसनीयता वृद्धि, उत्पादन तथा मर्मत खर्चमा कमी, र उर्जाको उच्चतम उपयोग सुनिश्चित गर्दछ।
AGEIS सर्ट ब्लेड ब्याट्रीः लामो दायरा र छिटो चार्जिङ
प्रोटोनको इमास ७मा प्रयोग भएको AGEIS सर्ट ब्लेड ब्याट्री एक उन्नत लिथियम–आयन प्रणाली हो, जसले सवारी साधनको प्रदर्शन र दक्षतामा सुधार ल्याउँछ। यसमा उच्च उर्जा घनत्व, छिटो चार्जिङ ९१०० किलोवाट डीसी पावरले ३०५–८०५ मात्र २० मिनेटमा०, र उत्कृष्ट तापीय व्यवस्थापन छ। “ब्लेड“ डिजाइनले ठाउँ उपयोगलाई अधिकतम पार्छ, जसले वायुगतिकी र ह्यान्डलिङ सुधार गर्दछ।
नेपालमा आधिकारिक वितरण
प्रोटोनको इमास ७ आधिकारिक वितरक, जगदम्बा मोटर्सले इ मास ७७ लाई काठमाडौँमा सार्वजनिक गर्नेछ। कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “हामी एचयतयलको अत्याधुनिक (E=Mas-7) सवारी साधन नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ। नयाँ AGEIS सर्ट ब्लेड ब्याट्री प्रविधिले सवारी साधनको प्रदर्शनलाई क्रान्तिकारी रूपमा सुधार गर्नेछ। यो सवारी साधन वातावरणमैत्री मात्र नभई कार्यसम्पादन–केन्द्रित छ, जसले नेपाली उपभोक्ताको मन जित्ने विश्वास हामीलाई छ।”
दक्षिण एसियाली बजारमा प्रोटोनको विस्तार
दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्ने एचयतयलको रणनीतिक योजनाको एउटा हिस्सा हो यो। वातावरणीय दिगोपन र उपभोक्ता सन्तुष्टिमा ध्यान केन्द्रित गर्दै एचयतयलले नेपाली बजारमा उत्कृष्ट गुणस्तरीय सवारी साधन उपलब्ध गराउने लक्ष्य राखेको छ।
प्रतिक्रिया