लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

विहीबार, २५ पुस २०८१, १२ : १८

काठमाडौं - लक्ष्मी सन‍्‍राइज बैंकको चौबिसौँ वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

बुधवार काठमाडौंमा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी रु २४ अर्ब ३४ करोड पुगेको छ । 

साधारण सभाले आर्थिक वर्ष २०८०\८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको बैंकले जनाएको छ । 

आ.व. २०८०\८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्‍याएको बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

विहीबार, २५ पुस २०८१, १२ : १८

प्रतिक्रिया