काठमाडौं - एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको कर कट्टीको विवरण आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले यस्तो अनुरोध गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूले बैंकको पोर्टल ज https://panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकका जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सक्ने प्रबन्धसमेत मिलाइएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान आवश्यक पर्दछ प्यान अद्यावधिक भएपश्चात् उनीहरूको कर कट्टीको विवरण (ई-टीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर कट्टीको विवरण मिलान गर्ने गर्दछ ।
जसले गर्दा ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया