एनआईसी एशिया बैंकले ल्यायो तीन कम्पनीको संस्थापक सेयर बिक्रीमा, कुनको कति कित्ता ?

विहीबार, २५ पुस २०८१, १४ : ०६

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका तीन ओटा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

बैंकले नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६० कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

नागरिक लगानीकोषको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २५३ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । यी सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिदका लागि पुस २५ गतेदेखि माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ । यी सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यी सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि जारी गरिसकिएको छ । विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन नदिएपछि अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गर्न लागिएको हो । 

नागरिक लगानीकोषका लागि न्यूनतम १० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको लागि न्यूनतम ५ हजार कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लागि न्यूनतम ५ हजार कित्ता माग गर्नुपर्नेछ ।

यी सेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताले पुस २५ गतेपछि कम्पनीहरूले प्रस्ताव गर्ने लाभांश तथा हकप्रद सेयरसमेत प्राप्त गर्न योग्य हुनेछन् । 

विहीबार, २५ पुस २०८१, १४ : ०६

प्रतिक्रिया