काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ .५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले हाल यो सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको बताएको छ। संस्थापक सेयरधनीलाई दिइएको समयभित्र शेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणमा बिक्री खुला गरिने व्यवस्था रहेको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।
प्रतिक्रिया