काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१\८२ को ५ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले मंसिर मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरी अघिल्लो बर्षको सोही महिनामा ४.९४ प्रतिशत रहेको मूल्यबृद्धि यस बर्ष भने बढेको जनाएको हो ।
यस अवधिमा आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको छ भने रेमिट्यान्स् नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड कायम भएको छ ।
प्रतिक्रिया