नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले पायो जलवायु ग्रिन क्लाइमेट फन्डको मान्यता

शनिबार, २७ पुस २०८१, १२ : ०६

काठमाडौं - नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ३४ अर्ब बराबरको ग्रिन फन्डको मान्यता पाएको छ।

बैंकले जलवायु परिवर्तन र यसको चुनौतीको सामना गर्न आर्थिक सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय कोष ग्रिन क्लाइमेट फन्ड (जिसीएफ)बाट मध्य स्तरको फन्डका लागि मान्यता पाएको हो।

यो सँगै नेपाल इन्भेस्टमेन्ट बैंक वाणिज्य बैंकहरुमा ग्रिन क्लामेट फन्डका लागि मान्यता पाउने पहिलो बैक बनेको छ। कोषले विकासशील मुलुकहरूलाई प्रदान गर्दै आएको फन्डमध्ये नेपाललाई बैंक मार्फत मध्यम खालको फन्ड उपलब्ध गराउने भएको हो।

यसले बैंकलाई ५० मिलियनदेखि २५० मिलियन डलरसम्म फन्डका लागि मान्यता दिएको छ।बैंकले उक्त फन्डलाई नेपालको जलवायु परिवर्तन न्यूनीकरण गर्ने तथा सम्बोधन गर्ने परियोजनाहरूमा खर्च गर्ने जनाएको छ।

 
शनिबार, २७ पुस २०८१, १२ : ०६

प्रतिक्रिया