कुमारी बैंकको साधारण सभा माघ २१ गते, यस्ता छन् प्रस्ताव

आइतबार, २८ पुस २०८१, १२ : १८

काठमाडौं - कुमारी बैंक लिमिटेडले आफ्नो चौबीसौं वार्षिक साधारण सभा आगामी माघ २१ गतेका लागि बोलाएको छ। 

सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने बैंकले जनाएको छ । कुमारी बैंकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसके छ । 

गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ। साथै सहायक कम्पनी कुमारी क्यापिटल र के।बि।एल सेक्यूरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण पनि पारित गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।
 

 
आइतबार, २८ पुस २०८१, १२ : १८

प्रतिक्रिया