काठमाडौं - माछापुच्छ्रे बैंकको लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २८ गते आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेका छ । सभाले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए ।
प्रतिक्रिया