काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा आज काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पुँजी रु. अक्षरेपि चौध अर्थ आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैयाँ मात्र को ४ प्रतिशतका दरले हुने रु छपन्न करोड पैँतीस लाख उनान्सय हजार दुई सय आठ मात्र नगद लाभांश ९कर प्रयोजनका लागि समेत लाभांश प्रदान गर्ने 'एसबिएल ८'२५५ अविमोच्य असञ्चिति अग्राधिकार शेय रू (SBI. 8.25% Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयर धनी समूहको तर्फबाट श्री राहुल अग्रवाल, श्री दिनेश शंकर पालिखे र श्री बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरी, सर्वसाधारण सेयर धनी समूहको तर्फबाट श्री अकिल केडिया. प्रतिनिधि-लेभरेज होल्डिङ्ग्स प्रा.लि. र श्री भोजन अर्याल (प्रतिनिधि-रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया