माघ महिनामा ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर

सोमबार, २९ पुस २०८१, १० : ४१

काठमाडौं – ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि ब्याजदर स्थिर राख्दै नयाँ दर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत र मुद्दती निक्षेप दुवैको ब्याजदर माघ महिनामा परिवर्तन नगरी स्थिर राखेको हो।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसैगरी, माघ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपमा ४ प्रतिशत, ६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत, १ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ।

संस्थागत निक्षेपका लागि ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत, १ वर्षदेखि २ वर्ष तलका लागि ३.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदर तय गरिएको छ।

सोमबार, २९ पुस २०८१, १० : ४१

प्रतिक्रिया