बीएमडब्लू मोटार्डले नयाँ भर्सनको मोटरसाइकल सार्वजनिक गर्ने

मंगलबार, ०१ माघ २०८१, १३ : ००

काठमाडौं- बीएमडब्लू मोटार्डले भारत मोबिलिटी एक्स्पो २०२५ मा आर १३०० जीएसर एस १००० आरआरको अपेडेटेड भर्सन सार्वजनकि गर्ने भएको छ । यसका अलावा कम्पनीले सानो साइजको एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

बीएमडब्लू मोर्टाडले हालै मिलानमा सम्पन्न इआईसीएमए इक्मा अटो शो २०२४ मा सानो साइजको एड्भेन्चर मोटरसाइकल प्रर्दशन गरेको थियो ।

कम्पनीले एड्भेन्चर सिरिज जीएस मोडलमा आधारित कम सीसीको एड्भेन्चर मोटरसाइकल ल्याउने भएको हो । कम्पनीले भारतमा टीभीएससँगको सहकार्यमा ३१० सीसी सेग्मेन्टका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट मोडलमा ४५० सीसी ट्वीन सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ४८ पीएस पावर जेनेरेट गर्छ ।

सेमी–फियर्ड डिजाइनमा तयार यो कन्सेप्ट मोडलको फ्रन्टमा क्वाड एलिमेन्ट एलईडी डीआरएलका साथै चुच्चो (बेक) दिइएको छ । यसमा ठूलो विन्डस्क्रीन दिइएको छ । यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशस सस्पेन्सन प्रयोग गरिएको छ ।

कम्पनीले यसमा सिंगल पिस र्याली सिट दिएको छ । रियरमा लगेज र्याक, एक्राप्रोभिकको एक्जष्ट दिएको छ ।

बीएमडब्लू एफ ४५० जीएसमा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको जसमा कनेक्ट फिचर प्याक उपलब्ध हुनेछ । यो मोटरसाइकलको फ्रन्टमा १९ र रियरमा १७ इन्च वायर स्पोक ह्वील प्रयोग गरिएको छ ।

मंगलबार, ०१ माघ २०८१, १३ : ००

प्रतिक्रिया