मितेरी डेभलपमेन्ट बैंकको सिइओ चापागाईँद्वारा पदभार ग्रहण

मंगलबार, ०१ माघ २०८१, १७ : ४७

काठमाडौं -  मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अनन्त कुमार चापागाईँले पदभार ग्रहण गरेका छन् ।

बैंकको केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष किशन मास्के उपस्थितिमा सिइओ चापागाँइले पदभार ग्रहण गरेका हुन । बैंक सञ्चालक समितिले चापागाईँलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

बैंकमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाँइले संस्थागत सुशासन र नियमकिय प्रावधान भित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैंक बनाउने योजना रहेको बताए । अनन्त कुमार चापागाईँ यसभन्दा पहिला प्राइम कर्मसियल बैंकमा कार्यरत थिए । 

मंगलबार, ०१ माघ २०८१, १७ : ४७

प्रतिक्रिया