नेपाल एसबिआई बैंकका सीइओ तिवारीद्वारा पदभार ग्रहण

विहीबार, ०३ माघ २०८१, ११ : ४६

काठमाडौं- नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा राम कुमार तिवारी नियुक्त भएका छन्। बैंक संचालक समितिको माघ ३ गते बसेको बैठकको निर्णय अनुसार तिवारीले माघ ३ अर्थात आजदेखि पदभार ग्रहण गरेका हुन्।

तिवारी यसअघि भारतीय स्टेट बैंक (एसबीआई) अन्तर्गत उच्च पदमा कार्यरत थिए। नेपाल एसबिआई बैंक र एसबीआई भारतबीचको प्राविधिक सेवा सम्झौता बमोजिम उनलाई नेपालमा खटाइएको हो। उनले दीपक कुमार देको स्थान लिएका छन्, जसले माघ २ मा आफ्नो कार्यकाल पूरा गरी एसबीआई भारतमा उच्च जिम्मेवारी सम्हाल्न फिर्ता गएका छन्।

विहीबार, ०३ माघ २०८१, ११ : ४६

प्रतिक्रिया