काठमाडौं - नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्माण क्षेत्रमा बैंकहरूले ३.८५ प्रतिशत कर्जा प्रवाह बढाएका छन्।
यो अवधिमा २० वाणिज्य बैंकहरूले कूल १ खर्ब ९१ अर्ब २० करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन्। गत आवको सोही अवधिमा भने १ खर्ब ८४ अर्ब १० करोड ८ लाख रुपैयाँ लगानी भएको थियो।
बैंकहरूले निर्माण क्षेत्रमा लगानी बढाउने क्रममा नबिल बैंक सबैभन्दा अगाडि छ। यस बैंकले निर्माण क्षेत्रमा २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि हो।
यस्तै, लक्ष्मी सनराइज बैंकले १८ अर्ब ५५ करोड २० लाख रुपैयाँ लगानी गरेको छ, तर यो गत वर्षको तुलनामा ३७.६ प्रतिशतले कमी भएको छ। एनआईसी एशिया बैंकले पनि १८ अर्ब १४ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ।
सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, र नेपाल एसबीआई बैंकले निर्माण क्षेत्रको कर्जा क्रमशः ९.९९ प्रतिशत, ९.२४ प्रतिशत, ६.५ प्रतिशत, ६.३९ प्रतिशत, ५.३७ प्रतिशत, र ३.५ प्रतिशतले घटाएका छन्।
प्रभू बैंकले १४ अर्ब १७ करोड ४९ लाख, कृषि विकास बैंकले १२ अर्ब ६३ करोड २० लाख, प्राइम बैंकले ११ अर्ब ९४ करोड ६३ लाख, र सिटिजन्स बैंकले ११ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
प्रतिक्रिया