अनलाइन गिफ्टिङ प्लेटफर्म नौलो कोशेलीको दोस्रो आउटलेट झम्सिखेलमा

शनिबार, ०५ माघ २०८१, १६ : २४

काठमाडौं - अनलाइन गिफ्टिङ प्लेटफर्म नौलो कोशेलीको दोस्रो आउटलेट पुलचोकको झम्सिखेलमा सञ्चालनमा आएको छ । 

माघ ४ गतेदेखि झम्सिखेलमा दोस्रो आउटलेट सञ्चालनमा आएको हो । आउटलेटबाट बेकरी आइटमसहित फोटो फ्रेम, क्यानभास, फ्लावर, ह्याण्डिक्राफ्ट, बुटिक, कस्टुमाइज वालेट, वुडन क्राफ्ट लगायत विभिन्न पर्सनलाइज्ड गिफ्टहरू खरिद गर्न सकिने छ । दोस्रो आउटलेट सञ्चालनमा आएको अवसरमा जनवरी महिनाभर प्रत्येक खरिदमा ५ प्रतिशत छुट पाइने छ । 

यसअघि नौलो कोशेलीले युएन पार्कमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो । पछिल्लो समय नेपालमा गिफ्टिङ संस्कृति बढ्दै गएको छ । त्यसका लागि धेरैको रोजाइमा नौलो कोशेली पर्ने गरेको छ ।  आउटलेट बाहेक अनलाइनबाट पनि नौलो कोशेलीबाट गिफ्टहरू अर्डर गर्न सकिने छ । फेसबुक, इन्स्टाग्राम लगायत नौलो कोशेलीको वेबसाइटबाट सजिलै आफूलाई मनपर्ने गिफ्टहरू अर्डर गर्न सकिने छ । कम्पनीले नेपालभर नै डेलिभरी सेवा प्रदान गर्नेछ । 

साथै विदेशमा बस्ने नेपालीहरूले पनि सजिलै आफ्ना घर परिवार, साथीभाइ लगायत आफन्तहरूलाई नौलो कोशेलीमार्फत गिफ्ट पठाउन सक्ने छन् । 
 

 
शनिबार, ०५ माघ २०८१, १६ : २४

प्रतिक्रिया