काठमाडौं- भारतीय ब्राण्ड टाटा विद्युतीय कार उत्पादनमा निकै आक्रमक बन्ने दौडमा अगाडि देखिएको छ । कम्पनीले चाँडै बिक्री सुरु गर्ने तयारी अनुसार ह्यारीयर र सिरिया ईभी देखाएको हो ।
टाटाले सियरा मोडललाई ईभीको अलावा इन्टरनल कम्बस्चन इन्जिनमा समेत उपलब्ध गराउने छ । टाटा सियरा कम्पनीको आइकोनीक नेम प्लेट हो । निकै क्लासिक डिजाइनमा तयार भएको सियरा एसयूभी हो ।
सियरा एसयूभीको पेट्रोलियम भर्सनमा १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । बजारमा आउन तयारी अवस्थामा देखाएको सियरामा १९ इन्चको ह्वील देखिएको छ ।
ह्यारीयर यसअघि पेट्रोलमा उपलब्ध मोडलकै प्लेटफर्ममा बनेको हो । टाटाको चर्चित एसयूभीको रुपमा आफुलाई स्थापित गरेको ह्यारीयर मिडसाइज एसयूभी हो । सन् २०२३ मा भएको अटो एक्स्पोमा देखाएको अभिन्या कन्सेप्टको परिस्कृत भर्सन कम्पनीले देखाएको छ । अहिले पनि अभिन्या कन्सेप्टकै रुपमा देखाएको हो । टाटाको पहिलो प्योर ईभी मोडलको रुपमा आउने अभिन्या आकर्षक फिचरको रुपमा आउने छ ।
सियरामा पानारोमिक सनरुफ, वायरलेस फोन चार्जर, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रीक सस्टेनिविलिटी कन्ट्रोल र एडास लेभल टु, हर्मन कार्डनको म्युजिक सिस्टम थियो ।
प्रतिक्रिया