काठमाडौं - नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशत बढी हो। अघिल्लो वर्षको यस अवधिमा यसले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ ।
प्रतिक्रिया