दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कसले कति कमाए ?

सोमबार, ०७ माघ २०८१, १२ : १८

काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार, यो अवधिमा नेपालका २० वाणिज्य बैंकमध्ये झन्डै आधा बैंकको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकहरुले कुल २७ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका छन्, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २८ अर्ब ७६ करोड रुपैयाँ नाफा भएको थियो। यसका अनुसार, यस वर्षको नाफा अघिल्लो वर्षको तुलनामा १ अर्ब ३२ करोड रुपैयाँ अर्थात् ४।६१ प्रतिशतले घटेको छ।

बैंकहरुको नाफामा कमीका बाबजुद, नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। उक्त बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ।  यता, एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम रही १५ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको ३ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८३ करोड, एभरेष्ट बैंकको २ अर्ब ७ करोड, एनएमबि बैंकको २ अर्ब, प्राइम बैंकको १ अर्ब ८६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ६४ करोड तथा हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै, प्रभु बैंकको १ अर्ब ३३ करोड, सानिमा बैंकको १ अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब १६ करोड, कृषि विकास बैंकको ९५ करोड, नेपाल एसबीआई बैंकको ९० करोड, माछापुच्छ्रे बैंकको ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७६ करोड, सिटिजन्स बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ५३ करोड, नेपाल बैंकको ४६ करोड र कुमारी बैंकको २७ करोड नाफा रहेको देखिएको छ । 

 
 
 
सोमबार, ०७ माघ २०८१, १२ : १८

प्रतिक्रिया