काठमाडौं - नेपाल राष्ट्र बैंकले करारमा दुई जना सिभिल इन्जिनियर मागेको छ ।
राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंका लागि ६ महिना अवधि निर्धारण गर्दै दरखास्त आह्वान गरेको हो । स्नातक उत्तीर्ण गरी दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।
योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गतेसम्ममा आवेदन दिन सक्नेछन् । उम्मेदवार दरखास्त दिने अवधिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ । मासिक तलब बैंकको नियमानुसार करारनामा उल्लेख भएबमोजिम हुने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया