काठमाडौं - कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाडौं स्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरूबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा रु.१०,००० को छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०% र औषधि खरिदमा ५% सम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया