काठमाडौं - नेपालका लागि ओमोडा र जेकु गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले काठमाडौंको चाबहिलमा नयाँ ओमोडा एण्ड जेकुको शोरूम उद्घाटन गरेको छ ।
रिकन्डिसन सवारीसाधनको व्यवसायमा लामो अनुभव भएको काठमाडौं अटोमोवाइलले उक्त शोरुम संचालनमा ल्याएको हो । कम्पनीले शोरुमको उद्घाटनसँगै सप्ताहव्यापी एक्सचेन्ज क्याम्पसमेत सुरु गरेको छ ।
जुनसुकै ब्राण्डको पुराना गाडी ल्याएर ओमोडारजेको ब्राण्डका नयाँ एसयूभीसँग सट्टापट्टा गर्न सकिने कम्पनीले जनाएको छ । अहिले ओमोडारजेको ब्राण्डमा दुई मोडल बिक्री हुँदै आएका छन् । ओमोडा ई-फाइभ र जेको जे-सिक्स मोडल नेपाली सडकमा बाक्लो संख्यामा उपस्थिति जनाउन सफल मोडल हुन् ।
मूल्यका हिसाबले ५५ लाखदेखि ७० लाख रुपैयाँसम्म पर्न यी एसयूभी फिचर लोडेड हुनुको साथै धेरै किसिमका बाटोहरूको लागि उपयोगी मानिन्छ । ओमोडा ई-फाइभ क्रसओभर एसयूभी हो भने जेको जे-सिक्स लाइफ स्टाइल प्रोडक्ट हो ।
प्रतिक्रिया