बीवाइडीको ‘एक्स्चेन्ज फेस्ट’: पुराना गाडी साटेर नयाँ गाडी लिने सुवर्ण अवसर

बुधबार, ०९ माघ २०८१, १२ : ३९

काठमाडौं- बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले गाडी प्रेमीका लागि विशेष अफरसहित ‘एक्स्चेन्ज फेस्ट’ सुरु गर्दैछ। काठमाडौंको भाटभटेनी नजिक रहेको आम्रपाली ब्याङ्केटमा भोलि (बिहीबार) देखि सुरु हुने यो फेस्टमा पुराना गाडी ल्याएर बीवाइडीका नयाँ र अत्याधुनिक मोडलहरू साट्न सकिनेछ।

एक्सचेन्ज मेला आजबाटै काठमाडौं उपत्यकाका चार शोरूमसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा पनि सुरु भएको छ।

साइमेक्सले एक्स्चेन्ज फेस्टमा सहभागी हुने ग्राहकका लागि विशेष सुविधा ल्याएको छ। एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क एसेसरिज, र फ्री चार्जर जडानको अफर यस फेस्टको मुख्य आकर्षण हुन्। कुनै पनि ब्रान्डका पुराना गाडी ल्याउँदा ग्राहकले थप मूल्याङ्कन पाउनेछन्। ब्राण्डप्रति बफादार ग्राहकका लागि लोयल्टी बोनससमेत उपलब्ध गराइनेछ।

फेस्टमा बीवाइडीका चर्चित मोडलहरू एटो-थ्री, डल्फिन, र नयाँ मोडल एम-६ प्रदर्शन गरिनेछन्। यी इलेक्ट्रिक गाडीहरूमा आधुनिक प्रविधि र उत्कृष्ट डिजाइन रहेको छ।

यो फेस्ट भोलि बिहीबारदेखि आइतबारसम्म चल्नेछ। पुराना गाडीलाई नयाँ र वातावरणमैत्री गाडीमा साट्न चाहने ग्राहकले यो अवसर नछुटाउन साइमेक्सले आग्रह गरेको छ। एक्स्चेन्ज फेस्ट बीवाइडी गाडीमा अपग्रेड हुने र उत्कृष्ट सेवाको अनुभव गर्ने सुनौलो अवसरको रूपमा प्रस्तुत भएको छ।

बुधबार, ०९ माघ २०८१, १२ : ३९

प्रतिक्रिया