सीजी मोटर्सद्वारा नेपालमा ‘एवोन भी’ ईभी सार्वजनिक, लक्जरी र एलिट भेरिएन्टमा उपलब्ध

बुधबार, ०९ माघ २०८१, १७ : ४५

काठमाडौं- सीजी मोटर्सले जिएसी एवोनको नयाँ ईलेक्ट्रिक एसयूभी ‘एवोन भी’ नेपालमा सार्वजनिक गरेको छ। मंगलबार आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको यो ईभी दुई भेरिएन्ट—एलिट र लक्जरीमा उपलब्ध छ। एलिट भेरिएन्टको मूल्य ६४ लाख ९९ हजार र लक्जरी भेरिएन्टको मूल्य ६९ लाख ९९ हजार तोकिएको छ।

एलिट भेरिएन्टमा ६२.७ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले ५२० किलोमिटर रेन्ज प्रदान गर्छ। लक्जरी भेरिएन्टमा भने ७५.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसको रेन्ज ६५० किलोमिटर रहेको छ। दुबै भेरिएन्टमा उन्नत म्यागेजिन ब्याट्री प्रयोग गरिएको छ, जसले दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ।

लक्जरी भेरिएन्टमा ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिज जस्ता विशेष सुविधाहरू छन्। दुबै भेरिएन्टमा १५ स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग, र फाइभ–स्टार सुरक्षा मापदण्डसहितको संरचना उपलब्ध छ।

ग्राहकलाई सहज सेवा प्रदान गर्न सीजी मोटर्सले ‘सीजी केयर्स एप’ पनि सार्वजनिक गरेको छ। यस एपमार्फत २४ सै घण्टा रोड साइड असिस्टेन्स, सर्भिस सेन्टरको जानकारी, र चार्जिङ स्टेसनको लोकेसन प्राप्त गर्न सकिनेछ।

नेपालभर २१ अत्याधुनिक सेवा केन्द्र र २४० चार्जिङ स्टेसनमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउने कम्पनीको योजना छ। ‘एवोन भी’ले लक्जरी, प्रदर्शन, र इको–फ्रेन्ड्ली यातायातलाई एकैसाथ प्रस्तुत गर्दै नेपालको ईभी बजारमा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ।

 
बुधबार, ०९ माघ २०८१, १७ : ४५

प्रतिक्रिया