विदेशबाट पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँ बोनस

शुक्रबार, ११ माघ २०८१, १४ : ०२

काठमाडौं - नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ ।

विश्वको जुनसुकै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ । आइएमई पेमा रकम प्राप्त गर्दा दश हजारसम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ। त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमशः  १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने छ ।

आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धि मुलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए । 

कारोबारमा संलग्न एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।
 

शुक्रबार, ११ माघ २०८१, १४ : ०२

प्रतिक्रिया