काठमाडौं - एनएमबि बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको छ ।
हाल बैंकका संस्थापक सेयर धनीहरूले मात्रै शेय खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया